हिमालय एअरलाइन्स्द्वारा अनाथ बालबालिकाहरूको नि:शुल्क स्वास्थ्य परीक्षण

Share News

काठमाडौं । हिमालय एअरलाइन्स्ले चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपाल (सीईएएन)सँगको सहकार्यमा अनाथ बालबालिकाहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गराएको छ ।

प्रयास नेपालमा आश्रय लिइरहेका बालबालिकाहरूको गत बुधवार स्वास्थ्य परीक्षण गराइएको हो । चिनियाँ चिकित्सा टोलीको १६ औं ब्याचले बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरेको थियो । 

प्रयास नेपाल अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था हो । प्रयास नेपालले १८ बालबालिकाको हेरचाह गर्दै आइरहेको छ । 

कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले भने, ‘हामीले गर्ने सबै कुरा सानो योगदान हुन सक्छ । तर, यी बालबालिकाको निर्दोष मुस्कान र दृढताले हामीलाई अनन्त शक्ति प्रदान गर्छ । बालबालिकाहरू खुसी तथा स्वस्थरूपमा हुर्किएको देख्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो ।’

यसैबीच, चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालले बालबालिकालाई दैनिक अत्यावश्यक किराना, खाजा र अन्य अत्यावश्यक सामग्रीको लागि प्रयास नेपाललाई रु  ६ लाखको चेक हस्तान्तरण गरेको छ । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।