काठमाडौं । हिमालयन बैंकका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर विक्री गर्ने भएका छन् । बैंकका ८ जना संस्थापकले उक्त शेयर विक्री गर्न लागेका हुन् ।
यसमा हिमालयन बैंककै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजदेखि ३५ दिनभित्र यस बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के-कति शेयर खरीद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनुपर्ने छ ।
संस्थापक शेयरको विक्री मूल्य विक्रेता अनुसार फरकफरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गरिने पनि बैंकले जनाएको छ ।