काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ९५ हजार ४५ कित्ता, हिमालयन डिष्टीलरीको २४ लाख २९ हजार ५६६ दशमलव ६५ कित्ता र साग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार ७९५ दशमलव ८६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी तीनओटै कम्पनीको लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशलमव २६३ प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो ।
त्यस्तै हिमालयन डिष्टीलरीले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।
स्वावलम्बन लघुवित्तले पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३५९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सभाले कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।