काठमाडौं । हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले १६औं वार्षिक साधारण सभा बोलाएको छ ।
पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको ठमेलस्थित एलफ्ट होटलमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीको चुक्तापूँजी बोनसपछि वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।