काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १० लाख २५ हजार रुपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–४, थकालीचोकस्थित थकालीचोक शाखाले ज्ञानमती थारूको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाअन्तर्गतको समूहकी सदस्य थारूको चट्याङको कारण मृत्यु भएको थियो । मृत्यु भएपश्चात् पाउनुपर्ने उक्त बीमा दाबी रकम मृतकका श्रीमान् अमिरिका थारूलाई हस्तान्तरण गरिएको हो । सो बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउँपालिका–१ का वडा अध्यक्ष प्रदिपकुमार चौधरीले हस्तान्तरण गरेका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।