काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा बिहीवार काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष विजय मान नकर्मीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईंलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । उनीहरू ४ वर्षका लागि निर्वाचित भएका हुन् ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए । यस्तै अध्यक्ष नकर्मीले शेयरधनी तथा आमन्त्रित व्य महानुभावहरूप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा धन्यवाद व्यक्त गरे ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरूमार्फत ७६ हजार सदस्यहरूलाई लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । कमनीले हालसम्म रु. ४ अर्ब ५० करोडभन्दा बढी लगानी गरेको छ ।