इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मिलन लिम्बुले उमेद्वारी दर्ता गरेका छन् । उनले रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिम्बु सहित एमाले माओवादीका साझा उमेद्वार सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई, स्वतन्त्र उम्मेदवार मनोज निरौला र नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना रहेका छन् । सवै उम्मेदवारले बाँजागाँजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका थिए।