काठमाडौं। स्मार्टफोन कम्पनी इनफिनिक्सले नयाँ हट ५०आई स्मार्टफोन सार्वजनिक गरेको छ, जसले प्रविधि प्रेमीको आवश्यकता पूरा गर्न डिजाइन गरिएको बताइएको छ । १४ हजार ४९९ रुपैयाँमा उपलब्ध यो स्मार्टफोनले आफ्नो श्रेणीमा नयाँ प्रदर्शन मापदण्ड स्थापना गरेको बताइएको छ ।
यो स्मार्टफोन मिडियाटेक हेलिया जी८१ प्रोसेसरद्वारा सञ्चालित रहेको, यसले मल्टिटास्किङ, गेमिङ, स्ट्रिमिङ वा एप्स स्विच गर्दा सहज र प्रभावकारी प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ । ४ जीबी र्याम र १२८ जीबी स्टोरेज क्षमताको यो स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने अपेक्षा कम्पनीको छ । ६.७ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटसहित यो स्मार्टफोनले जीवन्त र रमणीय दृश्य अनुभव प्रदान गर्ने बताइएको छ । ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले स्मार्टफोनलाई चार्ज गर्न सहज बनाउने बताइएको छ ।