काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३२ गते विशेष साधारण सभा बोलाएको छ । साउन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जानकी फेमली होटल एण्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको स्थापनाकालमा राखिएको जारी पूँजी वृद्धि गरी ४ करोड रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गर्नेछ । जारी पूँजी वृद्धि गर्ने भएकाले सोहीबमोजिम प्रबन्धपत्रको दफा ६ (ख) मा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीले बोनस शेयरको लागि जारी पूँजी अपुग हुने भन्दै पूँजी बढाउन लागेको जानकारी दिएको छ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २५ गतेदेखि ३२ गतेसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा साउन २४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । हाल कम्पनीको चुक्ता पूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक साधारण सभा असार ३० गते सम्पन्न गरेको कम्पनीले अघिल्लो आवको मुनाफाबाट लाभांश वितरण गरेको छैन । उक्त वर्ष ३० लाख ७३ हजार रुपैयाँभन्दा बढी नाफा २० प्रतिशत साधारण जगेडा कोषमा र बाँकी रिटर्न अर्निङमा राखिएको जानकारी कम्पनीले दिएको छ ।
सभा हुने स्थान