पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ४ घन्टादेखि जहाजको प्रतीक्षामा बसेका यात्रु । बुद्ध एयरको पोखरा–काठमाडौं उडान करीब ४ घन्टा ‘डिले’ भएको यात्रुले बताएका छन् । उडान ‘डिले’ भएपछि यात्रुहरू बिचल्लीमा परेका छन् ।
बुद्ध एयरलाइन्सले भने काठमाडौं विमानस्थलमा ‘एयर ट्राफिक’का कारण उडान ‘डिले’ भएको जनाएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान