जहाँ इच्छा त्यहाँ उपाय: विमानस्थलमा फालेका डोरीबाट आकर्षक सामान बनाउँदै ८० वर्षीया वृद्ध

काठमाडौंको नक्सालस्थित नारायण चौर बाहिर बास्केट बनाउँदै एक वृद्ध । तस्वीर : सुनिल शर्मा आर्थिक अभियान ।

Share News

काठमाडौं । काठमाडौंको नक्सालस्थित नारायण चौर बाहिर बास्केट बनाउँदै एक वृद्ध । उमेरले ८० वर्ष काटिसकेका सोलुखुम्बु निवासी उनले त्रिभुवन विमानस्थलमा सामान, बाकस, लगेज बाँध्न प्रयोग भएर फालिएका डोरीहरू संकलन गरेर घरायसी प्रयोगका सामानहरू बनाउने गर्दछन् । 

घाम ताप्दै आफ्नो समय उपयोग गरिरहेका उनले प्रति बास्केट २०० रुपैयाँमा बेच्ने गर्दछन् । ढल्किँदो उमेरमा पनि काम गरि खाने प्रयासको गरेको भन्दै बटुवाहरूले प्रशंसा सहित खरिद गर्ने गरेका छन् । उनले दिनमा बढिमा ३ देखि ४ ओटा सम्म यस्ता सामान बनाउने गरेको बताउँछन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।