जितिया पर्वको अवसरमा काठमाडौंमा सांस्कृतिक कार्यक्रम [तस्वीरहरू]

Share News

काठमाडौं । काठमाडौंमा जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 

हरेक वर्षको आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म तराईमा थारू महिलाले मनाउने यो पर्व पछिल्लो समय काठमाडौंमा रहेका थारू महिलाले पनि मनाउने गरिएको पाइन्छ । 

यो पर्व आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका लागि उत्सवका रूपमा मनाइन्छ । यो पर्वमा आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि निर्जल पानीसमेत सेवन नगरी व्रत बस्ने गर्दछन् । पर्वमा भगवान ‘जीतमहान गोंसाई’को पूजाआजा गर्ने गरिन्छ ।

सोही अवसरमा नाचगान गरेर रमाइलो गर्ने चलन छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।