ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

Share News

काठमाडौं । ज्योति विकास बैंंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । 

बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा विक्री खुला गरिएको हो । बैंकले विक्रीमा ल्याएको शेयरको संख्या भने खुलाइएको छैन ।

शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।