कालिका पावरको विशेष साधारण सभा असोज १३ मा

Share News

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले आगामी असोज १३ गते साधारण सभा बोलाएको छ । कम्पनीले चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थित रजिष्टर्ड कार्यालयमा उक्त दिन बिहान ११ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । 

सभाले कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।