काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा वृद्धि भएको छ । असोज मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ६१ पैसा रहेकोमा कात्तिक मसान्तमा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको हो ।
त्यस्तै फण्डको नाफा पनि असोजको तुलनामा कात्तिक महीनामा वृद्धि भएको छ । असोज मसान्तमा फण्डले रू. ९ करोड २६ लाख नाफा कमाएकोमा कात्तिक मसान्तमा रू.९ करोड ५४ लाख पुगेको छ ।
कात्तिक महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । असोज मसान्तमा फण्डको कुल आम्दानी रू. ९ करोड ७३ लाख रहेकोमा कात्तिक मसान्तमा बढेर रू. १० करोड १५ लाख पुगेको छ ।
शेयरमा लगानी भने फण्डले घटाएको छ । फण्डले असोज मसान्तमा सूचीकृत शेयरमा रू. ६६ करोड ३३ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा रू. ६२ करोड ३८ लाखमा झारेको छ ।