कीर्तिमान बनाएको सुनको मूल्य ५ हजार ८०० सयले घट्यो, डलरको मूल्य कति

Share News

काठमाडौं । अघिल्लो बिहीवार नेपाली बजारमा मूल्यमा कीर्तिमान बनाएको सुनको मूल्य आइतवार सम्ममा प्रतितोला ५ हजार ८०० रुपैयाँले घटेर १ लाख ७४ हजार ५०० नेपाली रूपैयाँ कायम भएको छ । बिहीवार सर्वाधिक मूल्य प्रतितोला १ लाख ८० हजार ३०० नेपाली रूपैयाँमा कारोबार भएकोमा शुक्रवार प्रतितोला ३ हजार ९०० रुपैयाँले घटेको थियो । आज अर्थात आइतवार यो मूल्य फेरि प्रतितोला १ हजार ९०० ले घटेर प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको ।

आज अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३७.६५  अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा ६५.३७ अमेरिकी डलले कम हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य समेत घटेको छ । आज चाँदी प्रतितोला  १ हजार ५५३ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज डलरको मूल्य स्थिर रहँदै एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र विक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ ।  

यस्तो छ आज अन्य विदेशी मुद्राको विनिमयदर
युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र विक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ८४ पैसा र विक्रीदर १७७ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ २४  पैसा र विक्रीदर १६० रुपैयाँ ९४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५२ पैसा र विक्रीदर ८२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ७९ पैसा र विक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४७ पैसा र विक्रीदर १०१ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र विक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र विक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र विक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र विक्रीदर चार रुपैयाँ ० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र विक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र विक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र विक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६९ पैसा र विक्रीदर १३ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १५ पैसा र विक्रीदर २० रुपैयाँ २४ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५१ पैसा र विक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र विक्रीदर ४४४ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ९९ पैसा र विक्रीदर ३६२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ४९ पैसा र विक्रीदर ३५५ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।