काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले यही मंसिर २९ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहल रामसाहपथ काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।