काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनका पावरहाउस र प्रसारण लाइनमा क्षति पुगेपछि देशभरका अधिकांश स्थानमा विद्युत् आपूर्ति अस्तव्यस्त भएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले गत शुक्रवारदेखि दुई दिन परेको वर्षाका कारण विभिन्न २० ओटा विद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
तीमध्ये १५ आयोजना मात्रै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । अन्य ५ आयोजनाको क्षतिको विवरण भने आउन बाँकी रहेको इप्पानले जनाएको छ ।
आयोजना | क्षतिको विवरण | अनुमानित क्षति (रकममा) | |
१ | मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत् आयोजना, मकवानपुर | पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति | १ अर्ब रुपैयाँ |
२ | माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना, पाँचथर | गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा | २५ करोड रुपैयाँ |
३ | पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजा, पाँचथर | गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुन:निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त | क्षति यकिन हुन बाँकी |
४ | साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजना, सोलुखुम्बु | हेडवर्क्समा क्षति, उत्पादन बन्द | क्षति यकिन हुन बाँकी |
५ | सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजना, इलाम | बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द | ५ करोड रुपैयाँ |
६ | सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत् आयोजना, इलाम | बाँध र प्रसारणलाइनमा क्षति | ७ करोड रुपैयाँ |
७ | फेमे खोला जलविद्युत् आयोजना १ मेगावाट, पाँचथर | बाँध र विद्युत् गृहमा पूर्णरूपमा क्षति | १० करोड रुपैयाँ |
८ | सिउरीखोला जलविद्युत् आयोजना ५ मेगावाट, लमजुङ | टेलरेस, इन्टेक र टनेलमा क्षति | २ करोड रुपैयाँ |
९ | सुपरन्यादी जलविद्युत् आयोजना, ४० मेगावाट, लमजुङ | पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति | क्षति यकिन हुन बाँकी |
१० | इलेप खोला तातोपानी जलविद्युत् आयोजना, २५ मेगावाट, धादिङ | पहुँचमार्गमा क्षति | क्षति यकिन हुन बाँकी |
११ | माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना २१६ मेगावाट, नुवाकोट | क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ ओटा कन्टेनर बगाएको | १० करोड रुपैयाँ |
१२ | हेवाखोला जलविद्युत् आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर | क्रसर पुरिएको, पहुँचमार्गमा क्षति | ७ करोड रुपैयाँ |
१३ | सभाखोला बी जलविद्युत् आयोजना, १५.१ मेगावाट, पाँचथर | पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको | ७ करोड रुपैयाँ |
१४ | सभाखोला सी जलविद्युत् आयोजना, ६.३ मेगावाट, पाँचथर | पहुँचमार्गमा क्षति | ३ करोड रुपैयाँ |
१५ | लान्द्रुक मोदी जलविद्युत् आयोजना, ८६.५९ मेगावाट, कास्की | पहुँचमार्गमा क्षति | ८ करोड रुपैयाँ |
१६ | सुपर त्रिशूली जलविद्युत् आयोजना, १०० मेगावाट, नुवाकोट | २ ओटा स्काभेटर, २ ओटा लोडर ३ ओटा र बेलिब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको | २५ करोड रुपैयाँ |
१७ | लाङटाङ खोला जलविद्युत् आयोजना, २० मेगावाट, रसुवा | बाँध, क्याम्प हाउस र पहुँचमार्गमा क्षति | यकिन हुन बाँकी |
१८ | खानीखोला जलविद्युत् आयोजना, २ मेगावाट, ललितपुर | पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्विचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति | १० करोड रुपैयाँ |
१९ | टुङ्गुन ठोस्ने जलविद्युत् आयोजना, ४.३६ मेगावाट, ललितपुर | पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्विचयार्डमा, ड्याम, हेडरेस टनेलमा र पहुँचमार्ग क्षति | १५ करोड रुपैयाँ |
२० | माया खोला जलविद्युत् आयोजना, १४.९ मेगावाट, संखुवासभा | बाँध र पहुँचमार्गमा क्षति | २ करोड रुपैयाँ |