काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बिहीवार सार्वजनिक गरिएको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आवको तुलनामा बढेको देखिन्छ ।
अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी गत आवमा भने ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको कुल आम्दानी घटेकाले खुद नोक्सानी बढ्न पुगेको हो ।
अघिल्लो आवमा ८ करोड ६१ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत आवमा भने ८ करोड १३ लाख रुपैयाँभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।
अघिल्लो आवमा ८ करोड ६० लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत आवमा ८ करोड ८ लाख रुपैयाँभन्दा बढी मात्रै उक्त आम्दानी गरेको छ । कम्पनीको वित्तीय खर्च भने गत आवमा कम भएको छ । अघिल्लो आवमा ७ करोड ६९ लाख रुपैयाँभन्दा बढी भएको वित्तीय खर्च गत आवमा ६ करोड ८८ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो ।
हाल यस कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँभन्दा बढी मात्र छ । जगेडा कोष रकम २९ करोड ७८ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको अल्पकालीन कर्जा रकम ५ करोड ४४ लाख रुपैयाँभन्दा बढी र दीर्घकालीन कर्जा रकम ५६ करोड ४१ लाख रुपैयाँभन्दा बढी छ । गत चौथो त्रैमाससम्म १४ रुपैयाँ ८२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७ रुपैयाँ ८२ पैसा छ ।