काठमाडौं । ३०औं संकरणको क्यान इन्फोटेक २०२५ मेला आज (माघ २४) देखि काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा शुरू भएको छ । २८ गते सम्म सञ्चालन हुने प्रदर्शनीमा करीब १५० स्टल रहनेछन । प्रदर्शनीको पहिलो दिन कम्प्युटर किन्नेको तुलनामा राष्ट्रिय परिचयपत्र बनाउने राष्ट्रिय पञ्जिकरण विभागको स्टलमा अवलोकनकर्ताको भीड देखिएको छ ।
मेला करीब साढे ३ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने तथा डिजिटल नेपाल निर्माणमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
यस वर्षको क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिटम रहेको छ । प्रायोजनका आधारमा यस प्रदर्शनीको आधिकारिक नाम एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिटम’ राखिएको छ । मेलाको गोल्ड पोन्सरमा नेबुला मोबिलिटी प्रालि र सिल्भर पोन्सरहरूमा एस–पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि रहेको क्यान महासंघले जानकारी दिएको छ ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन ।
- १५० टल रहने, १२० ओटा बुकिङ
- करीब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा
- साधारण टिकट शुल्क १००, विद्यार्थीलाई ५० प्रतिशत छूट
प्रदर्शनी सफल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रालि, म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रालि, मेगाटेक ग्रुप, हाइ–टेक इन्जिनियरिङ प्रालि, पाइन ओबरसिज प्रालि, सुबिसु केबलनेट प्रालि लगायतले सहयोग गरेका छन ।
टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकट अनलाइनबाट खरीद गर्न सकिनेछ । प्रवेश शुल्क सर्वसाधारणका लागि रू. १०० र विद्यार्थीका लागि रू. ५० तोकिएको छ । ज्येष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवथा छ ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य, संथाका साथै विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीको सहभागिता रहने क्यान महासंघले जानकारी दिएको छ । क्यान इन्फोटेकलाई व्यवसायीले व्यापार वितारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि, उपकरणको अवलोकन तथा खरीद गर्न पाउने बतााइएको छ । प्रदर्शनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगबारे जानकारी लिने विशेष थलो बन्ने क्यानको अपेक्षा छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान ।