काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ६ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा सुनसरीको इटहरी ४ स्थित दुर्गा पार्टी प्यालेसमा हुने कम्पनीले जनाएको छ ।
सभाले १३ दशलमव ७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले यस लघुवित्त कम्पनी र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।