लगातार दोस्रो दिन घट्यो नेप्से, आगामी दिनमा कता जाला बजार ?

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलवार १५.०८ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २ हजार ६३१.९८ अंकमा झरेको छ । 

आजसँगै नेप्से लगातार दोस्रो दिन घटेको हो । गत सोमवार १४.५३ अंकले नेप्से घटेको थियो ।  

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भएको छ । 

आजको शेयर कारोबारका आधारमा नेप्सेमा लामो टुप्पी र सानो पुच्छर भएको रातो मैनबत्ती आकृति बनेको छ । यसले बजारमा धेरै बेच्ने मनोवृत्ति देखाएको छ । साथै आगामी दिनमा नकारात्मक प्रवृत्तिको संकेत गरेको छ । 

आज ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ को घटेको छ । यस दिन म्युचुअल फण्डबाहेक सबै समूहगत परिसूचक घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १.२२ प्रतिशत घटेको छ । 

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यसैगरी, मध्यभोटेकोशी जलविद्युतको शेयर मूल्य सर्वाधिक ९.८ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।