काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको विद्युत् उत्पादन तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिका कारण विद्युत् उत्पादन बन्द भएको हो ।
गत शुक्रवारदेखि दुई दिनसम्म परेको वर्षाका कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले आयोजनाको पावर हाउस तथा हेड वर्क्समा भौतिक संरचना लगायतका उपकरण क्षति पुगेका कारण विद्युत् उत्पादन बन्द भएको कम्पनीले नेप्सेमार्फत जनाएको छ ।