काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दामोदर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ ।
कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले कार्यकारी प्रमुख श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको हो । उनको राजीनामा मंसिर १ गतेदेखि लागु हुनेगरी स्वीकृत गरिएको छ ।