काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको हो । सोमवार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
सुनको मूल्य निरन्तर बढे पनि कारोबार भने घटेको महासंघको भनाइ छ । केही समयअघिदेखि नै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँसम्म पुग्ने अनुमान व्यवसायीहरूको थियो ।
मंगलवार सुनको मूल्यसँगै चाँदीको मूल्यसमेत बढेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६९ हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६८९ रुपैयाँ तोकिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।