मुस्ताङ । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ-जोमसोम सडक खण्डमा पर्ने घरपझोङ-४ जोमसोम स्थित भासिएको सडक स्तरोन्नतिकार्यमा ढिलाई गरेको भन्दै स्थानीयले अवरोध सृजना गरेका छन् ।
राष्ट्रिय गौरवको सडक अन्तर्गत घरपझोङ-४ जोमसोम स्थित गणेश मन्दिर नजिकै गत वर्ष भाँसिएको करिव एक सय मिटर सडक स्तरोन्नति नहुँदा बस्ती जोखिममा परेको भन्दै आज बिहान ८ बजेदेखि मुक्तिनाथ-कोरला सडक अवरो गरेका हुन् ।
जोमसोमकी स्थानीय प्रमिला गुरुङ थकालीले भाँसिएको सडक मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन पटक-पटक स्थानीय प्रशासन र गाउँपालिका कार्यालयमा डेलिगेसन मार्फत लिलित ध्यानआर्कषण गराउँदा समेत भाँसिएको सडक स्तरोन्नति गर्न नसकेको भन्दै बाध्य भएर सडक अवरोध गर्नु परेको स्थानीय प्रमिलाकुमारी थकालीले जानकारी दिए ।
उनले सडक अवरोध गरेर माग सम्वोधन गर्न अन्तिम विकल्प सडकलाई रोज्नु परेको जनाउँनुभयो । सडक अवरोधका कारण पर्न गएको असर प्रति क्षमा माग्दै तत्काल निर्माण कम्पनीलाई भासिएको सडक स्तरोन्नति गर्न पहल गर्नुपर्ने उनले उल्लेख गरे ।
मुस्ताङको घरपझोङ-४ जोमसोमका वडाध्यक्ष यमप्रसाद थकालीले जोमसोम सडक स्तरोन्नतिकार्यमा निर्माण कम्पनी, आयोजना र स्थानीय प्रशासनले गरेको अल्टिमेटम चैत्र २० गतेसम्म तोकिएको भएपनि निर्माण कम्पनीले उक्त स्थानमाा भासिएको सडक स्तरोन्नति नगरेको बताए । निर्माण कम्पनीले पटक पटक झुक्याउने काम गरेको र स्थानीय प्रशासनले पनि सडक मर्मत तथा स्तरोन्नतिकार्यलाई गम्भिर रुपमा नलिएकाले स्थानीयले सडक अवरुद्ध गरेको बताए ।
स्थानीयको सडक अवरोधसंग अहिले जोमसोम-मुक्तिनाथ -कोरला आवतजावत गर्ने सयौं सवारी साधन अलपत्र परेका छन् । जोमसोममा स्थानीयले सडकमा बार तेस्र्याएर सडक अवरोध गरेका छन् ।
०७३/०७४ सालमा ठेक्का सम्झौता भएको कोवाङ-जोमसोम १७ किमी सडकमा निर्माण कम्पनीले चरम ढिलासुस्ती गर्न सम्पन्न हुन सकेको छैन । मार्फा-जोमसोम सडक कालोपत्रे र जोमसोममा भासिएको सडक अविलम्व शुरू गरेर बर्खायामको खोलाको सतह नबढ्दै निर्माण गर्नुपर्नेमा स्थानीयको अडान छ ।