काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारणसभा असोज ११ गते सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/ ८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको हो ।
त्यस्तै, सभामा घरधनीलाई ७ दशमलव ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
साथै साधारणसभाले आव २०८१/ ८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।