काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडका भिसा डेबिट कार्डहोल्डर तिलप्रसाद पौडेलले दुई जनाका लागि बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । यस वर्षको दशैं, तिहारको अवसरमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तरराष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डवाहकहरूबीच सञ्चालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् । भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरूको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफर ल्याउने गरेको बताएका छन् । साथै बैंकले हालै सम्पन्न ग्लोबल मनी वीक अन्तर्गत देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।