काठमाडौं । नागरिक लगानी कोषले यस वर्ष १४ दशमलव ७४ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको असार ३१ गते २९औं वार्षिक साधारण सभा मार्फत प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति दिएको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै प्रस्तावित १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गरेको हो । २९औं वार्षिक साधारण सभा प्रयोजनका लागि कोषले असार २० गते एक दिन बुक क्लोज गरेको छ ।
बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्नेछन् । कम्पनीको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।