काठमाडौं महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगढी, सुर्खेत, वीरगञ्ज र पोखरा, भरतपुरलगायत देशका विभिन्न शहरमा फोहोरमैलाको व्यवस्थापन समस्याका रूपमा रहेको छ । बेलाबखत विभिन्न बहानामा फोहोरमैला डम्पिङ गर्न नपाई काठमाडौंलगायत अन्य शहरमा जताततै फोहोरमैलाले वातावरण प्रदूषण भई जनस्वास्थ्यमा तीव्र असर परेको नौलो भने होइन ।
फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा राजधानी काठमाडौंको गर्नु उपयुक्त होला । फोहोर व्यवस्थापनको दीर्घकालीन फोहोर व्यवस्थापन गर्नु आजको आवश्यकता हो । उत्तम उपाय हाम्रो जस्तो देशमा स्रोतमै कुहिने र नकुहिने गरी फोहोर छुट्ट्याउने र पुन: प्रयोग गरी आम्दानीको स्रोत बनाउनु हो ।
काठमाडौं महानगरपालिकाले २०७९ वैशाख १ गते देखि कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्ट्याएर ल्याए मात्र महानगरपालिकाले उक्त फोहोर उठाउने नत्र भने फोहोर ल्याउने नगरवासीकै घरमा फिर्ता पठाउने नियम राखेको थियो । जुन हालसम्म उचित कार्यान्वयन हुन सकेन । केही नगरवासीबाहेक बहुसंख्यक नगरवासीको ठूलो कमजोरी भनेको आफ्नो घरमा फोहोरमैला व्यवस्थापनमा संवेदनशील नभई फोहोर घरबाहिर वा बाटैमा फाल्ने संस्कृति छ ।
उदाहरणका रूपमा कुनै पसल गर्छौं, त्यहाँबाट उत्पादन भएको फोहोर यत्रतत्र बाटैमा फाल्छौं । फोहोर लुकाउनुपर्यो भने पोका पारेर साँझ बिहान हेरी जता पायो तेतै मिल्काउँछौं । शहरमा मात्र होइन, फोहोरको समस्या गाउँ, टोलटोलमा पनि पुगेको छ । विश्वकै पनि वातावरणीय समस्यामध्ये यो एक हो ।
प्रांगारिक मलको कारखाना खोल्न आवश्यक व्यवस्था गरी संघीय सरकार र काठमाडौं महानगरपालिका फोहोरमैलाको दिगो व्यवस्थापनमा लाग्नु आजको आवश्यकता हो ।
विश्वको फोहोरमध्ये सड्नेगल्ने फोहोर ६० प्रतिशत हुने गर्छ भने केही वर्ष अगाडि काठमाडौं उपत्यकामा गरेको एक अध्ययनले यो अनुपात दुई तिहाई रहेको औंल्याएको थियो । प्राविधिक रूपले फोहोर घटाउनु सिंगापुर, स्वीडेन आदिले विद्युत् उत्पादन उद्योग नै चलाएका छन् । यतिसम्म कि फोहोर घटाउने मेशिन राख्न फोहोर नपुगेर बेलायतलगायत देशबाट फोहोर आयात गरेका समाचार प्रकाशमा आएको छ । हाम्रो देशमा शिक्षासहित फोहोर वर्गीकरण र प्रशोधन नै यस्ता सफलताको मुख्य साँचो हो ।
मुख्यतया फोहोर घटाउने तिन तरीका छन् पहिलो उपभोग नै घटाउने, दोस्रो सम्भाव्य फोहोरको पुन: प्रयोग गर्ने र तेस्रो पुन: प्रशोधन गर्ने । मुख्यत: फोहोरमैला व्यवस्थापनका लागि त्यससम्बन्धी शिक्षाको आवश्यकता पर्छ । अहिलेको अवस्थामा फोहोरमैला व्यवस्थापनबारे निम्न तरीकाबाट शिक्षा दिन सकिन्छ ।
विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूबाट, यसका लागि विद्यार्थीहरूलाई फोहोरमैला व्यवस्थापन गरेबापत परीक्षामा पाउने प्रयोगात्मक अंकमै समावेश गर्नुपर्छ । फोहोरमैला व्यवस्थापन गर्ने विज्ञ तथा पालिकाका पदाधिकारीहरू विद्यालयमै गई फोहोरमैला व्यवस्थापनबारे अभिमुखीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ । फोहोरमैला व्यवस्थापनबारे विभिन्न प्रदर्शन गर्नुपर्छ । यसका लागि त्यससम्बन्धी विज्ञ र कलाकार, शिक्षकको महत्त्वपूर्ण भूमिका रहन्छ
नगरवासीलाई फोहोर जताततै फाल्नु अपराध हो भन्ने भावनाको विकास गर्नुपर्छ । यसका लागि पालिकाले लामा, गुरु, पुरोहित, विशेषज्ञ आदिको सहयोग लिन सक्छन् । सड्ने, गल्ने फोहोर कृषिमा प्रयोग गर्नुपर्छ । यसमा पोषण सुधार आदि कार्यक्रमले सहयोग गर्नुपर्ने हुन्छ ।
यी माथिका कुरामा सबै पालिकावासी शिक्षित भइसकेपछि फोहोरमैला व्यवस्थापनको दीर्घकालीन तरीका स्रोतमै कुहिने र नकुहिने गरी फोहोर छुट्ट्याई पुन: प्रयोग गर्न सहज हुन्छ । नगरवासीले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर राखिसकेपछि महानगरले त्यो उठाउने छुट्टाछुट्टै गाडीको व्यवस्था मिलाउन पनि अति आवश्यक छ ।
नगरवासीले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर राखिसकेपछि महानगरले त्यो उठाउने छुट्टाछुट्टै गाडीको व्यवस्था मिलाउन पनि अति आवश्यक छ । साथै टोलटोलमा फोहोरका लागि कन्टेनर राख्दा पनि दुवैखाले कन्टेनर राख्नुपर्छ ।
साथै टोलटोलमा फोहोरका लागि कन्टेनर राख्दा पनि दुवैखाले कन्टेनर राख्नुपर्छ । स्रोतमै फोहोरलाई छुट्ट्याउन सकियो भने कुहिने जैविक मलका रूपमा प्रयोग गर्न सकिन्छ । अस्पतालबाट निस्कने फोहोरलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप सुरक्षित व्यवस्थापन गर्नुपर्छ । ल्यान्डफिल साइटमा जैविक मल बनाउने कारखाना खोल्नु पनि अति आवश्यक छ ।
नगरको फोहोरमैलाको व्यवस्थापन दिगो गर्छु भन्नेको कमी छैन । पहिलेका जनप्रतिनिधिले पनि यही भनेका थिए । अहिले पनि यही कुरा आएको छ । केही कार्य पनि नगरेको भन्न मिल्दैन । तर, दिगो समाधान भएको छैन । दिगो समाधानका लागि पालिकाले यथार्थ रूपमा फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रभावकारी अध्ययन गरी फोहोरमैला दिगो समाधानको आवश्यक व्यवस्था मिलाउनुपर्छ । त्यसअनुसार स्थानीय बासिन्दाको आवश्यक मात्र मागलाई सम्बोधन गर्नुपर्छ ।
नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्छ । फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेत गराउनुपर्छ ।
प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्न कर्मचारीलाई आवश्यक तालीम उपलब्ध गराउनुपर्छ । फोहोरमैला व्यवस्थापनको तथ्यांकलाई वैज्ञानिक ढंगले अद्यावधिक गरी राख्ने र फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकासमा पहल गर्न आवश्यक छ ।
त्यस्तै, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणाको विकास गर्नुपर्छ । नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गर्नुपर्छ र उक्त व्यवस्थापनमा सहभागी गराउनुपर्छ । फोहोरमैला व्यवस्थापनमा निजीक्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ ।
यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजीक्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ । नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ ।
फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी त्यसबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्छ । यसबाट ठूलो धनराशीको बचत हुन्छ । फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्नुपर्छ । नगरपालिकाले उपयुक्त प्रविधि भित्त्याई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्छ । उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहोर आर्जन गर्ने कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । नगरपालिकाकै ल्यान्डफिल साइडको व्यवस्था गर्नुपर्छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजानुपर्छ । फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानूनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था गरेको छैन । त्यसैले कतै निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था छ ।
त्यसैले फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानूनहरूलाई परिमार्जन गरिनुपर्छ । माध्यमिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्नुपर्छ । प्रांगारिक मलको कारखाना खोल्न आवश्यक व्यवस्था गरी संघीय सरकार र काठमाडौं महानगरपालिका फोहोरमैलाको दिगो व्यवस्थापनमा लाग्नु आजको आवश्यकता हो ।
लेखक गुणस्तरीय जीवनसम्बन्धी विषयमा विद्यावारिधि हुन् ।