नबिल बैंकले शेयरधनीको बैंक खातामा पठायो नगद लाभांश

Share News

काठमाडौं । बिहीवार (आज) वार्षिक साधारण सभा गरेको नबिल बैंकले आजै शेयरधनीको बैंक खातामा लाभांश बापतको रकम जम्मा गरेको छ ।

बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा १० प्रतिशत नगद लाभांश पठाएको हो । बैंकले आज ४० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत अर्थात् २ अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

मंसिर ९ गतेसम्म कायम बैंकका शेयरधनीले उक्त लाभांश पाएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।