नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा बिहीवारबाट मेला शुरु भएको हो । मेला वैशाख २९ गतेसम्म चल्ने छ । 

मेलामा नेपाल, चीन र बंगलादेशका गरि १२० भन्दा बढी स्टल राखिएका छन् । मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।

हेर्नुस् तस्वीरहरू

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।