काठमाडौं। नेपाल बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकलाई काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा छूट पाइने भएको छ ।
बैंक र प्याथ ल्याबबीच बुधवार भएको सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारी एवं ग्राहकलाई प्याथ ल्याबका विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छूट हुने व्यवस्था गरिएको बताइएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र प्याथ ल्याबका प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम बैंकका कर्मचारी र ग्राहकले क्लिनिकबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकको छ ।