नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे

Share News

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन् ।

बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन् । उनलाई मंसिर १३ देखि लागू हुने गरी उक्त जिम्मेवारी दिइएको छ । 

यसअघि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी प्रवक्ता थिए । उनी २०८१ जेठ १७ गते बोर्डको प्रवक्ता बनेका थिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।