काठमाडौं । नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रूपैयाँ जम्मा गरेको जनाएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढि पहिरो प्रभावित तथा पीडितको सहायताका लागि रकम सहयोग गरेको ।
एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार देले उक्त सहयोग रकमको चेक प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई हस्तान्त्ररण गरेको बैंकले जनाएको छ । रकम हस्तान्त्ररणमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, बिकास आनन्द, श्री रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।