काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र एस ग्लोबल नेपाल प्रालिबीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थी लक्षित शैक्षिक कर्जा सहज रूपमा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एस ग्लोबलका निर्देशक अजित सिंहले हस्ताक्षर गरेका छन् ।
सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको बताइएको छ । सो कार्यक्रममा बैंक तथा एस ग्लोबलका अन्य पदाधिकारी समेतको उपस्थिति थियो । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।