काठमाडौं। नेपाल एसबिआई बैंकले थप सात शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष जयती बन्सलले दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेलटार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखा कर्पोरेट कार्यालय, कमलादीबाट भर्चुअल रूपमा उद्घाटन गरेकी थिइन् । साथै तनहुँको दुलेगौंडास्थित नयाँ शाखाको भौतिक रूपमा उद्घाटन गरिएको छ ।
नयाँ शाखा उद्घाटन कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारी तथा ग्राहकको समेत उपस्थिति रहेको बैंकले बताएको छ ।
बैंकले यस नयाँ शाखा सञ्चालनबाट ग्राहक वर्गमा सहज बैंकिङ सुविधा उपलब्ध हुनुका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य राखेको छ । हाल यस बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ इकाई, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट कार्यालय र १२२ एटिएमबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।