काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षण विवरण प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले यस बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।
त्यस्तै सभाले नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश दिएको छैन ।