नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

Share News

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठलाई नियुक्त गरिएको छ ।

आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

कम्पनीमा ७ सदस्यीय सञ्चालक समिति छ । कम्पनीको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे छन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।