काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले फागुन १५ गते ३८औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीसँगै सहायक कम्पनी एनआइएमबि स्टक मार्केटको समेत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू सभाले पारित गर्नेछ ।
यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । यस आधारमा माघ २८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।