नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति

Share News

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

सेबोनले कम्पनीलाई गत बिहीवार उक्त अनुमति पाएको हो । 

यससँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछ त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा जारी गर्नेछ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।