काठमाडौं । गणपुरक संख्या (कोरम) नपुगेर स्थगित भएको नेपाल फाइनान्स लिमिटेडको साधारण सभा आगामी माघ ८ गते हुने भएको छ ।
कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरू यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीले यसअघि गत पुस २९ गते साधारण सभा बोलाएको थियो । सभा ललितपुरको जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ८ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी, अन्य कम्पनीलाई प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।