काठमाडौं । नेपाल टेलिकमको कम्पनी सचिवमा नायब प्रबन्ध निर्देशक द्वारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।
केन्द्रीय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा)को असोज २ गतेको पत्रानुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।
साथै, टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । उनले सञ्चालक पदको पद तथा गोपनीयताको शपथसमेत लिइसकेकी छन् ।