नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त

Share News

काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएकी छन् । भट्टराई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रूपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् ।  

उनलाई गत वैशाख २१ गतेको सचिवस्तरीय निर्णयले टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । भट्टराईले गत वैशाख २४ गते गोपनीयता तथा इमान्दारिताको सपथ लिएको कम्पनीले जनाएको छ । 

भट्टराईलाई यसअघिका सञ्चालक कोमल बहादुर खत्रीको स्थानमा नियुक्त  गरिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।