काठमाडौं । विश्वको विभिन्न मुलुकमा पढ्न जानका लागि नेपाली विद्यार्थीले ४ महीनामानै ३८ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेका छन् । नेपाल राष्ट्रबैंकको तथ्यांकअनुसार गएको ४ महीनामा नेपालबाट शिक्षाका नाममा ३८ अर्ब ४४ करोड रूपैयाँ बाहिरिएको छ। गत वर्षको सोही अवधीको तुलनामा यो संख्या ७० प्रतिशतले बढि हो । गत वर्षको ४ महीनामा नेपालबाट बाहिर पढ्न जाने विद्यार्थीले २२ अर्ब ६८ करोड रुपैयाँ लागेका थिए ।
यस्तै, यो ४ महीनाको अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको राष्ट्रबैंकले जनाएको छ । उक्त अवधिमा विप्रेषण आप्रवाह ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यो ४ महीनामा ३३ हजार ८६५ विद्यार्थीले बाहिरी मुलुकमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट नो अबजेक्सन लेटर (एनओसी ) लिएका छन्।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.