नेप्सेको सीईओमा लुइँटेल नियुक्त

सोमवार बसेको मन्त्रिपरिषद बैठक । तस्वीर : रासस

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारदकुमार लुइँटेल नियुक्त भएका छन् । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उक्त पदका लागि १० जनाको आवेदन परेको थियो, जसमा छनोट समितिले लुइँटेलसहित चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई ‘सर्टलिस्ट’ गरेको थियो । 

तीमध्ये लुइँटेलसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।