काठमाडौं । अघिल्ला तीन कारोबार दिन निरन्तर बढेको नेप्से मंगलवार भने करेक्सन भएको छ । अघिल्लो कारोबार दिन नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेको थियो ।
मंगलवार नेप्से परिसूचक १४ दशमलव शून्य ८ अंकले करेक्सन भएको हो । यो दिन नेप्से परिसूचक २ हजार ७४५ दशमलव १५ विन्दुमा पुगेको थियो भने २ हजार ७०७ दशमलव ३७ विन्दुमा झरेको थियो । अन्तिममा नेप्से परिसूचक २ हजार ७१५ दशमलव ९१ विन्दुमा गएर बन्द भएको छ ।
सोमवार ७१ कम्पनीको धितोपत्र मूल्य बढ्दा १६२ कम्पनीको धितोपत्र मूल्य घटेको जानकारी नेप्सेले दिएको छ । करेक्सन भएको बजारमा जोशी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ । जोशी हाइड्रोपावरको शेयर मूल्य यो दिन प्रतिकित्ता ४१ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ ८० पैसा कायम भएको छ ।
योबाहेक न्यादी हाइड्रोपावर, उपकार लघुवित्त, कालिका पावर र सामुदायिक लघुवित्तको शेयर मूल्य यस दिन ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यो दिन चार कम्पनीको शेयर मूल्य उच्च दरमा घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको हो भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको हो ।
मंगलवार कारोबार रकम पनि कम भएको छ । अघिल्लो कारोबार दिन ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँभन्दा बढीको २ करोड ३७ लाख ७० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ८ अर्ब ९१ करोड ९९६ लाख रुपैयाँभन्दा बढीको १ करोड ६९ लाख १७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले सर्वाधिक हिस्सा ओगटेको छ । यो दिन कम्पनीको ३० करोड ८७ लाख रुपैयाँभन्दा बढीको २ लाख ३० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ ८० पैसाले बढेर अन्तिम मूल्य १ हजार ३४९ रुपैयाँ ८० पैसा कायम भएको छ ।
बजार करेक्सन भएसँगै मंगलबार लगानीकर्ताको सम्पत्ति मूल्य अर्थात् कुल बजार पूँजीकरण २३ अर्ब ३७ करोड ५५ लाख रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन ४५ खर्ब २९ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण मंगलवार ४५ खर्ब ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ कायम भएको हो ।
यो दिन जलविद्युत र अन्य समूहबाहेक सबै समूहगत परिसूचक घटेका छन् । अन्यको शून्य दशमलव ४३ प्रतिशत र जलविद्युतको शून्य दशमलव १५ प्रतिशत परिसूचक बढेको हो ।
त्यस्तै, यो दिन वाणिज्य समूहको शून्य दशमलव ५७ प्रतिशत, विकास बैंकको २ दशमलव ६० प्रतिशत, वित्तको १ दशमलव ७० प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ७९ प्रतिशत, लगानीको शून्य दशमलव ५० प्रतिशत, जीवन बीमाको शून्य दशमलव २४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव १३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र व्यापारिकको शून्य दशमलव ५२ प्रतिशत परिसूचक घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
परिसूचकमा आएको कमीमा आधारमा मंगलवार विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ ।