काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १ दशमलव ७६ प्रतिशत वृद्धि भएको छ । यससँगै नेप्से २ हजार ६९२ दशमलव ०५ विन्दुमा पुगेको हो ।
आज नेप्सेसँगै कारोबार रकममा वृद्धि भएको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ३४ करोड बराबरको कारोबार भएकोमा आज रू. ६ अर्ब १२ करोडभन्दा बढी पुगेको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ७६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ८५ प्रतिशत वृद्धि भएको छ ।
आज ३१९ धितोपत्रको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर ६८ हजार ६१४ पटकमा रू. ६ अर्ब १२ करोडभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ६२७, सानिमा जिआईसीको रू. ७०९ दशमलव ५० र कुथली बुखरीको रू. २ हजार ५९० दशमलव ५० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६ नामक ऋणपत्रको मूल्य १ दशलमव ९५ प्रतिशत घटेर रू. ९८० मा झरेको छ । त्यस्तै दोस्रोमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य १ दशमलव ८८ प्रतिशत घटेर रू. ६७९ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा समृद्धि फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २४ करोड ७१ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९८ दशमलव ५० कायम भएको छ ।
आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३ दशलमव ६० प्रतिशत वृद्धि भएको छ । त्यसपछि विकास बैंक समूहको २ दशमलव ३२ प्रतिशत र जलविद्युत् समूहको सूचक २ दशलमव ०३ प्रतिशत वृद्धि भएको छ ।