काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ । कम्पनीले मंसिर १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको नेप्सेमार्फत जनाएको छ ।
शेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ ।