काठमाडौं । अघिल्लो आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म ७ करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको सोही अवधिसम्म भने १४ करोड ७३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत आवमा इम्पेयरमेन्ट चार्जबापतको ४१ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाएपछि कम्पनीले नोक्सानी सुधार्दै सञ्चालन नाफा र खुद नाफा गरेको हो । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जबापत ४८ करोड २७ लाख रुपैयाँभन्दा बढी छुट्याएको थियो ।
अघिल्लो आवमा १६ करोड ४३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको कम्पनी गत आवमा ३७ करोड ६० लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफामा छ ।
चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ३६ करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । हाल कम्पनीको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँभन्दा बढी छ । जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ भने ३६ करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
गत आवमा कम्पनीले १२ करोड ९६ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने ११ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवमा ९ दशमलव ९५ प्रतिशत रहेकोमा गत आवमा घटेर ६ दशमलव ६५ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६३ रुपैयाँ ९८ पैसा छ ।